काठमाडौँ– बञ्चरेडाँडाका वासीले विर्सजनका लासग लगिएका काठमाडौं महानगरपालिकाको फोहोरका गाडी पुनः अवरोध गरेका छन् । बिहिवार काठमाडौँबाट उठाएर विर्सजनका लागि बञ्चरेडाँडास्थित लैजादैँ गरेको फोहोरका गाडी त्यहाँका स्थनियले बीचबाटोमै रोकेको काठमाडौँमहानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले बताए ।


ADVERTISEMENT


उनका महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीयको अवरोधका कारण बाटोमै अड्किएको छ । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले फोहोर संकलन र ढुवानी रोकेको थियो । एक साता अघिदेखि नउठेको फोहोर महानगरले बिहिवार बिहानबाट उठाउन शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


यद्यपि सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गर्दै स्थानीयले गाडी बीचैमा रोकेको जनाएको छ ।