काठमाडौँ– लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा अजयबिक्रम शाह पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले शाहलाई सीईओका रुपमा पुनः नियुक्ती गर्ने निर्णय गरेको हो । शाहको यससंगै  फेरि चार वर्षका लागि कार्यकाल लम्बिएको हो ।


ADVERTISEMENT


उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओ नियुक्त भएका थिए । प्रभावकारी ढङ्गबाट बैंकप्रतिको उत्तरदायित्व निर्वाह गरेका कारण शाहलाई नै सीईओमा पुनः चयन गर्ने निर्णय लिइएको बैंक सञ्चालक समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


तीन दशक लामो बैंकिङ अनुभव संगालेका शाहको करियर सुरुवात स्टाण्डर्ड चार्टर्ड बैंकबाट भएको थियो । उनले त्यहाँ १० वर्ष काम गरेका थिए ।

शाह शालिन, क्षमतावान् र अब्बल सीईओका रुपमा चिनिन्छन् ।