काठमाण्डौं-माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४० हजार ५ सय ४ मत प्राप्त गरे । उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले पराजित गरेका हुन । बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् । सापकोटा पूर्व मन्त्री तथा बस्नेत सूचना तथा सञ्चार मन्त्री रहेका छन् ।


ADVERTISEMENT