काठमाण्डौं-बिहीबार साँझदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुर (ख) मा वामगठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री शेरधन राई ठूलो मतान्तरले विजयी भएका छन् । उनी २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीलाई १३ हजार २ सय २९ मत अन्तरले पराजित गरेका हुन । कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याउँदा तेश्रो स्थानमा पछ्याईरहेका नेकपा मालेका उम्मेदवार यादव कुमार पाण्डेले सात सय ८९ मत ल्याएका थिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्रीका दाबेदार बनेका राईले विजयी घोषणापश्चात अबको सरकारबाट भोजपुरको समग्र विकासको लागि सरिक रहने बताए । उनले आफूलाई अमूल्य मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिँदै आभारी प्रकट गरे ।