काठमाण्डौं-बाजुरा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फका सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार लाल बहादुर थापा भारी मतले विजयी भएका छन् ।


ADVERTISEMENT


विजयी उम्मेदवार थापाले ४ हजार ८ आठ सय ७४ मतान्तरले प्रतिद्वन्द्वी कांग्रेसका कविराज पण्डितलाई पराजित गरेका छन् । थापाले २८ हजार ६५ मत प्राप्त गरेका छन् भने कांग्रेसका पण्डितले २३ हजार १ सय ९१ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवार थापा २०५४ सालमा जिल्ला विकास समितिका सभापति बनेका थिए । उनी एमालेका केन्द्रीय सदस्य हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी प्रदेशतर्फ ‘क’ मा नेकपा एमालेका उम्मेदावर बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । रेग्मी एमाले बाजुरा जिल्ला कमिटी सचिव हुन् । रेकग्मीका प्रतिद्वन्दी काँग्रेसका जनकराज गिरीले ८ हजार ३ सय ११ मत प्राप्त गरे ।

त्यसैगरी प्रदेश सभाको निर्वाचन क्षेत्र नम्वर ‘ख’ बाट वाम गठवन्धन तर्फबाट एमालेका प्रकाश शाह भारी मतका साथ विजयी भएका छन् । उनले कांंग्रेसका पदम शाहीलाई ३ हजार ८ सय ५९ मतले पछि पार्दै विजयी भएका छन्। विजयी भएका शाहले १८ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका पदम शाहीले १४ हजार ९ सय ७७ मत प्राप्त गरे । बाजुरामा ५२ हजार ९ मत ४५ मत खसेको थियो ।