विराटनगर– मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरे ।


ADVERTISEMENT


अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ ।


ADVERTISEMENT

# # #


यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा.मीनेन्द्र रिजाल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरेका छन् ।

यस्तै, मोरङ क्षेत्र नं– ५मा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् ।