काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार भक्तपुरमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी पाँच वर्षपनि वर्तमान गठबन्धनले सरकार चलाए देश ध्वस्त हुने भन्दै राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


गठबन्धनको कुनै गन्तव्य नै नरहेको र स्वार्थमा मात्र केन्द्रीत भएको भन्दै उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि जिकिर गरे ।यस्तै, न्यायपालिका, व्यवस्थापीकालाई आफु अनुकुल बनाएर गठबन्धन सरकारले संवैधानिक निकायको हुर्मत लिने काम गरेको अध्यक्ष ओलीको आरोप छ ।

उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेर सभामुख सरकारको खेलौनाजस्तो बनेको टिप्पणी गरे । कार्यक्रममा ओलीले तत्कालका लागि एमालेको दुई तिहाई प्राप्त गर्ने संभावना नदेखिएको भन्दै इमान्दार प्रयासलाई संगठीत ढंगले अघि बढाउन सके बहुमत प्राप्त गर्न सकिने धारणा राखे ।

उनले स्थानीय तहको निर्वाचनमा भएको क्षतिलाई अवको निर्वाचनले भरपुर गर्नुपर्ने र केन्द्रमा एमालेको बहुमत एक सरकार गठनका लागि तयारी गर्नुपर्ने बताए । ओलीले एमालेका सम्पूर्ण काम चूनावमा केन्द्रीत गर्न निर्देशन दिए ।

नेताहरुले केहि गरेनन् स्वतन्त्रले गर्छन ्भनेर प्रचार गर्ने गरिएको र राष्ट्र निर्माणका लागि दलिय व्यवस्थाको अपरिहार्यता विश्वव्यापी रुपमा नै पुष्टि भएको ओलीको भनाई छ ।