काठमाडौँ– ‘रिलायबल ग्रुप अफ कम्पनी’ का उत्पादन छोटो समयमा नै नेपाली बजारमा लोकप्रिय बन्न थालेको छ । केही वर्षअघि मात्रै विदेशी इनर्जी ड्रिङ्क्सलाई विस्थापित गर्दै नेपालमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न स्थापना गरिएको कम्पनी छोटो अवधिमै धेरैको मन जित्न सफल भएको हो ।


ADVERTISEMENT


कम्पनीले हाल भियतनामी गुणस्तरमा रेड ब्लु, बदाम जुसलगायतका आठ प्रकारका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


युवाको सोच र लगानीमा अघि बढेको यस कम्पनी रोजगारको माध्यम मात्रै नभई धेरैको प्रेरणा समेत बन्न पुगेको छ । परोपकार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको रिलायबल ग्रुपले खेलकुद क्षेत्रलगायतमा योगदान समेत पु¥याउँदै आएको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन् ।

गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाउँदै उनले आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्ता दिने जनाए । यस्तै, नेपाली उत्पादन गुणस्तर भएपनि कालोबजारीका कारण यसले उचित स्थान नपाएको कम्पनीका प्रबन्ध निर्देशक मदन चुडालको गुनासो छ ।

‘सरकारले नेपालमा उत्पादन भए बाहेकका इनर्जी ड्रिङक्स आयात नगर्ने नीति जारी गरे पनि कालोबजारी हुने गरेको छ । जसले पनि नेपाली बजार जति फस्टाउनुपर्ने हो त्यति फस्टाएको छैन’, उनले भने ।