काठमाण्डौं-काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए ।


ADVERTISEMENT


रोचक संयोग नै मान्नुपर्छ फुयालले ०६४ पछि तीनै चुनावमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एकै परिवारका सदस्यसँग बिजय र पराजय दुवैको अनुभव प्राप्त गरे । ०६४ मा फुयाल कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए भने ०७० मा फुयालले उनै ठकुरीलाई पराजित गरे ।


ADVERTISEMENT

# # #


०७२ को महाभूकम्पमा परि ठकुरीको निधन भएपछि राजनीतिमा आएका उनका छोरा बिमललाई फुयालले नै यसपटक पराजित गरेका हुन् । काठमाडौं ३ को प्रदेशसभा कमा कांग्रेसका छिरिङ दोर्जे लामा बिजयी भएका छन् । उनले माओवादीका रुद्र बराईलीलाई पराजित गरेका हुन् ।