काठमाडौँ – नेकपा एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका जटिलता हटाएर यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकारीले स्वास्थ्य बीमा बापतको रकम उपलव्ध नगराएर सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठानमा उक्त सेवा नै बन्द हुने अवस्थामा पुगेको भन्दै यससम्बन्धी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले स्वास्थ्य बीमा कार्यक्रममा विमितहरुबाट ११ अर्ब संकलन भएपनि उक्त सेवालाई बन्द गराउने अवस्थामा सरकारले पुराएको जिकिर गरे । अधिकारीले स्वास्थ्य बिमामा सरकारले हेलचेक्राई गरेर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताए ।

त्यस्तै बैठकमा एमालेका अर्का सांसद महेश बस्नेतले ठग र अपराधिक कार्यमा संलग्न भएको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने बताए । उनले सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा विभिन्न विवादित काम खातीले गरेको आरोप लगाए ।

उनले बालुवाटार प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरोले पेश गरेको फाइल फिर्ता पठाएको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ताको मुद्धा फिर्ता लिने लगातका काम खातीले गरको बताए ।