काठमाण्डौं-मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।


ADVERTISEMENT


यहाँको जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १,२ र ४ को मतगणनाको क्रममा जनकपुर उपमहानगरपालिका १९ बक्समा मतदान अधिकृतको हस्ताक्षर नभएको दुईवटा मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुले विवाद उत्पन्न गरेका छन् । विवादका कारण मतगणनाको कार्य स्थगित भएको हो ।


ADVERTISEMENT

# # #


क्षेत्र नम्बर ४ बाट फोरमका महाजन यादव, नेपाली कांग्रेसका महेन्द्र यादव र वाम गठबन्धनका रघुबीर महासेठ बिच चुनावी प्रतिस्पर्धा रहेको छ ।