काठमाण्डौं-प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरेका छन् । ढकालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए । आचार्यले १४ हजार ४५३ मत पाउँदा ढकालले १० हजार २७८ मत पाएका थिए । सुरुआतदेखि नै अग्रता लिएका आचार्यलाई ढकालले रसुवाका कुनैपनि क्षेत्रको मतमा टक्कर दिनै सकेनन् ।


ADVERTISEMENT


एक प्रतिनिधिसभा क्षेत्रको दुई प्रदेशसभा क्षेत्र रहेको रसुवामा दुवै प्रदेश लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित हासिल गरे । प्रदेश (क) मा नेपाली कांग्रेसका प्रभात तामाङले एमालेका कर्न्याल तामाङलाई करिव २ हजार मतले हराए । प्रभातले ६९७६ मत पाउँदा कर्न्यालले ५१५२ मत पाए ।


ADVERTISEMENT

# # #


यता प्रदेशसभा ख मा एक माओवादी र अर्का पूर्व माओवादीबीचको भिडण्त रोचक रहृयो । जसमा नयाँ शक्ति पार्टीका उम्मेदवार प्रेम तामाङले बाजी मारे । करिव १५ सय मतान्तरमा उनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर गोतामेलाई पराजित गरे । तामाङले ७०४० मत ल्याउँदा गोतामेले ५६९२ भोट पाए ।