काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदी राजदूतावास नेपालमा भएका समस्याबारे जानकारी गराएको छ । आइतबार मन्त्रालयमा आएर मञ्चको टोलीले ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो ।


ADVERTISEMENT


मञ्चले बुँदागत रुपमा सुझाब सहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरुले त्यहाँ जादाँ विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मञ्चले आग्रह गरेको मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् ।

उनीहरुका समस्यालाई बुझ्दै मन्त्री कुँवरले आफुले यी समस्या समाधानका लागि पहल गर्ने बचन दिएका छन् । उनले आफुले सम्बन्धीत देशका राजदुतलाई भेटर पनि नेपाली कामदारलाई सहज वातावारण बनाउनका लागि पहल गरेको जानकारी दिए । साथै उनले अहिले वैदेशिक रोजगारीमा थुपै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताएका छन् ।