काठमाण्डौं-प्रदेश ७ का चार जिल्लामा वाम गठबन्धन बिजयी भएको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको हो ।


ADVERTISEMENT


दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार गणेशसिंह ठगुन्नाले २८ हजार नौ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिक्रमसिं धामीले २२ हजार दुई सय ३३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार गेल्वुसिं बोहराले १६ हजार ५३ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार पाँच सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश सभा(‘ख) मा मानबहादुर धामीले १२ हजार ९ सय ५६ मत ल्यायी बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए ।

बझाङबाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका भैरवबहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्यायी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे ।

प्रदेश सभा (क)मा एमालेका अर्जुन थापा १७ हजार आठ सय ६५ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार एक सय ९७ मत प्राप्त गरेका थिए । प्रदेशसभा(‘ख)मा वाम गठबन्धनकै देवकी मल्लले १६ हजार सात सय ४३ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर सिंहले १४ हजार दुई सय ४२ मत प्राप्त गरेका छन् ।

बैतडी प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे ।

प्रदेश सभा (क)मा माओबादी केन्द्रका प्रेम प्रकाश भट्ट ‘आदित्य’ले १८ हजार ९३ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गरे । प्रदेश सभा (ख)मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका छन् । उनले २० हजार ३ सय १८ प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।

बाजुरा प्रतिनिधि सभाका लागि वाम गठबन्धनका लालबहादुर थापाले २८ हजार ६५ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कबिराज पण्डितले २३ हजार एक सय ८१ मत प्राप्त गरे ।

प्रदेश सभा (क)मा वाम गठबन्धनका बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत ल्याई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार तीन सय ११ मत पाए । प्रदेश सभा (ख)मा वाम गठबन्धनकै प्रकाश शाहले १८ हजार एक सय ८६ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले १४ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् ।