काठमाडौँ– भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालिन ‘नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी’ कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई मोबाइलफोन वितरण गरिएको छ । ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोबाइल फोन हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको युग भनेको डिजिटल युग भएकाले जेष्ठ नागरिकहरुलाई पनि सूचना प्रविधिको पहुँचमा पुराउनु सकारात्मक कुरा भएको बताए ।


ADVERTISEMENT

# # #


खनालले आधारभूत शिक्षा कार्यक्रम प्रदानमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निकै सकारात्मक भूमिका खेलेको जिकिर गरे । भरतमोहन अधिकारीले अघि सार्नुभएका कार्यक्रमहरु निकै लोकप्रिय रहेकाले सदैव स्मरणीय रहेको उनको भनाई छ ।

प्रतिष्ठानका सदस्य लीमा अधिकारीले मोवाईल बितरण भएसंगै तीन महिना जेष्ठ नागरिकहरुलाई मोवाइल चलाउन सिकाउने जानकारी दिए । जेष्ठ नागरिकहरुलाई आधारभूत शिक्षाका साथै मोवाईल चलाउन पनि सक्षम बनाइने उनले जनाए । उनले प्रतिष्ठान राजनीतिक भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुदै आएको बताए ।

त्यस्तै आधारभूत शिक्षा लिइरहेका जेष्ठ नागरिकहरुले आफुहरुले अक्षर पढ्न लेख्न सिकेको र निकै खुसी लागेको बताएका छन् । निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सबिता अधिकारी, ललितपुरका वडा अध्यक्षहरू, बुङमतिका प्रतिष्ठित व्यक्तिहरुको उपस्थीति रहेको थियो ।