काठमाडौं – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक बाम गठबन्धनका एमाले उमेदवार डा। दिपकप्रकाश भट्टभन्दा ५०८ मत पछाडि रहेका छन् ।


ADVERTISEMENT


सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक देखिएको सो क्षेत्रको पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उमेदवार डा। भट्टले १८ हजार ३२९ मत ल्याएका छन् भने लेखक १७ हजार ८२१ मत प्राप्त गरेका छन् । कञ्चनपुर–३ मा ८७ हजार १२२ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (क) मा एमालेका प्रकाश रावल ७ हजार ९० मतसहित ७ हजार ९२ कांग्रेसका यज्ञराज जोशीभन्दा दुई मतले अघि छन् ।

यता कञ्चनपुर ३ को प्रदेशसभा ख मा माओवादीका मानबहादुर सुनार ७ हजार २९६ मतसहित अग्रता लिइरहेका छन् भने कांग्रेसका बेलबहादुर राना मगर ६ हजार ८४५ मतसहित उनलाई पछ्याइरहेका छन् ।