काठमाडौँ – संसदीय महाभियोग सिफारिस समितिले महाभियोग लागेका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भदौ १५ गते बयानका लागि बोलाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जबरामाथिको आरोपका बारेमा बयान लिन भाद्र १५ गते बस्ने बैठकमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा जवरालाई आफ्ना बिषयमा स्पष्टीकरण दिन मौका दिने र जवरामाथि लागेका आरोपका बारेमा बयान लिईने समितिले जनाएको छ । यस्तै बैठकले समितिको आन्तरिक कार्यबिधि पारित गरेको छ भने कार्यतालिका समेत संशोधन सहित पारित गर्ने निर्णय गरिएको सभापति विष्टले जानकारी दिए ।

समितिले तोकिएको समयभन्दा अघि नै प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ । आगामी निर्वाचनका लागि असोजदेखि नै प्रक्रिया सुरु हुने भएकाले त्यसअघि नै प्रक्रिया टुङ्गाउनुपर्ने सांसदहरुको भनाई छ ।