काठमाण्डौं-माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् ।


ADVERTISEMENT


भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् । कैलाली क्षेत्रनम्बर ३ मा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादीका गौरीशंकर चौधरी २४ हजार ८७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


कैलाली ५ मा नेकपा एमालेका नारदमुनि रानाले कांग्रेस उम्मेदवार आरजु राणा देउवालाई पराजित गरेका छन् । कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपट रावलले र क्षेत्रनम्बर १ मा राजपाका रेशम चौधरीले अग्रता लिइरहेका छन् ।