काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताए ।


ADVERTISEMENT

# # #


उनले कम्युनिष्ट पार्टी जनताको निम्ती र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिए । त्यस्तै उनले निस्वार्थ भावनाले काम गर्न र व्यक्तिवाद हावी हुन नदिन सुझाव पनि दिए ।

मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका पार्टीको एजेण्डा लिएर जान उनले निर्देशन दिए । अध्यक्ष नेपालले परिणाम नआएसम्म समग्र पार्टी पङ्तीको मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताए ।