काठमाडौँ – नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।


ADVERTISEMENT


नेपाल वेयरहाउजिङ्ग कम्पनीको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशनका लागि हिमालयन क्यापिटल नियुक्त भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको तर्फबाट सीईओ जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

नेपाल वेयरहाउजिङ्ग नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।