काठमाडौँ– नेपाल पर्यटनमा चर्चित व्यावसायिक घराना शेर्पा हस्पिटालिटीले होटल ब्रान्ड पनि सञ्चालनमा ल्याएको छ । यती समूहअन्तर्गत रहेको हस्पिटालिटीले लक्जरी होटल ब्रान्ड समेत सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


‘माउन्टेन लज अफ नेपाल’ नाममा सञ्चालित हुने यो होटल नेपालकै लक्जरी ब्रान्ड रहेको हस्पिटालिटीको दाबी छ ।


ADVERTISEMENT

# # #


यसअघि विशेषगरी सगरमाथा र अन्नपूर्णजस्ता हिमालय क्षेत्रमा विभिन्न नामबाट होटल सञ्चालन गर्दै आएको यस समूहको अब भने सबै होटलमा एउटै ब्रान्ड हुने हस्पिटालिटीले जनाएको छ ।