काठमाडौँ– नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ३० जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।