काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परी घाइते भएका छन् । चुनावी विजयसभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए ।


ADVERTISEMENT


रोल्पाको निजिङ र सुलीचौरकोबीचमा रहेको जंगलमा पुन चढेको कार ब्रेक फेल भई दुर्घटनामा परेको थियो । टाउकोमा चोट लागेका उनलाई तत्कालै सुलीचौर स्वास्थ्यचौकीमा लगिएको थियो । स्वास्थ्यचौकीले अन्य ठाउँमा लैजान रेफर गरेपछि तत्कालै भालुवाङमा ल्याई हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको उनीसँगै दुर्घटनामा परेका मनोज घर्तीमगरले जानकारी दिए ।
हेलिकोप्टरबाट काठमाडौ ल्याइएका पुनको हाल ग्राण्डी इन्टरनेशनल होस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ,’ उपराष्ट्रपतिका पे्रेस सल्लाहकार समेत रहेका मनोजले भने ।


ADVERTISEMENT

# # #


टाउकोमा रगत जमेको आशंकामा उनको आइसियुमा राखेर उपचार भइरहेको मनोजले जानकारी दिए । उनको अवस्था सुधार भइरहेको र चिकित्सकको सल्ला अनुसार ७२ घण्टापछि आइसियुबाट बाहिर निकालिने मनोजले जानकारी दिए ।

दुर्घटनामा मनोजसँगै चालकपनि सामान्य घाइते भएका छन् । गाडीको बे्रेक फेलभएपछि चालकले गाडीलाई भित्तातर्फ ठोक्काएका थिए । ‘चालकको सावधानीका कारण ठूलो क्षति हुन पाएन,’ मनोजले नागरिकसँग भने ।