काठमाडौं-जनस्वास्थ्य कार्यालय मोरङले विराटनगर महानगरका विभिन्न क्षेत्रमा सञ्चालित ७ वटा स्वास्थ्य संस्था महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


महानगरको वडा १ मा रहेको सहरी स्वास्थ्य केन्द्र, वडा ५ को कोचाखाल सहरी स्वास्थ्य केन्द्र, वडा ६ र १२ मा रहेको स्वास्थ्य केन्द्र तथा महानगरको वडा १५ मा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी बैजनाथपुरस्थित स्वास्थ्य चौकी पनि महानगरलाई हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा अब स्वास्थ्य सेवा स्थानीय तहको रेखदेखमा सञ्चालन गर्ने गरी ती स्वास्थ्य संस्था महानगरपालिकालाई हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।