सुनसरी – नेकपा एमालेकी नेतृ एवम्  पूर्वराज्यमन्त्री भगवती चौधरीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नं ३ उम्मेदवार रहेकी चौधरीलाई एमालेका नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।


ADVERTISEMENT


आइतबार  गृह जिल्ला पुगेकी चौधरीले  फरक कुराहरुको अनुभूति गरिन् । विमानस्थलमा एमालेका कार्यकर्ताहरुले नेतृ चौधरीलाई फुलमालाले स्वागत गरे ।


ADVERTISEMENT

# # #


विमानस्थलमा नै कार्यकर्ताहरुले ‘भगवती दिदी जिन्दावाद, सुनसरीलाई विकासको राजधानी बनाउँ, मंसिर ४ मा भगवतीलाई जिताउँ’ को नारा समेत लगाए ।   एमालेका कार्यकर्ताहरुले मंसिर ४ गते चौधरीलाई जिताएर मात्रै विजयादशमी मनाउने उद्घोष गरे ।

सुनसरी क्षेत्र नं ३ का लागि तेश्रो पटक उम्मेदवार बन्न लागेकी चौधरी नेपाली  कांग्रेसका विजय गच्छदारसँगै पुनः प्रतिष्पर्धा गर्ने करिब निश्चित भएकाले पनि चर्चामा छिन् । उनले यसअघि २०७० सालको दोश्रो संविधानसभा र ०७४ सालको आम निर्वाचनमा गच्छदारसँग कडा प्रतिष्पर्धा गरेकी थिइन् ।  ०७० सालको निर्वाचनमा पहिलो पटक गच्छदारलाई कडा टक्कर दिएकी चौधरीले त्यसको ४ वर्षपछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय गरेको दावी नै गर्दै आएकी छिन् । उक्त निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै सर्वोच्चमा अहिले समेत मुद्दा विचाराधीन रहेको छ ।

एयरपोर्टमै सञ्चारकर्मीहरु आएको देखेपछि चौधरीले हार्दिकता साट्दै मंसिर ४ गतेको निर्वाचनमा शतप्रतिशत आफ्नो जित हुने दावी गरिन् । विगतका दुईवटा निर्वाचनमा आफुलाई जनताले जिताए पनि राज्यसत्ता नै लगाएर हराएको उल्लेख गर्दै योपल्ट आफ्नो विजयलाई कसैले रोक्न नसक्ने जिकीर  गरिन् । ‘विगतमा पनि जनताले मलाई जिताएकै हुन् । योपल्ट दशौं हजार मतले जित्नेछु ।’ चौधरीले सञ्चारकर्मीहरुसँग भनिन् ।

सुनसरी ३ मा विकासको मुल फुटाउन र त्यहाँका जनताको जिवनस्तर उकास्नकै लागि आफुले राजनीति गरेको प्रष्ट्याउँदै चौधरीले मंसिर ४ पछि सुनसरी ३ मा नयाँ सुर्योदय हुने ठोकूवा गरिन् । ‘सुनसरी ३ मा विकास हुनुपर्छ, सुशासन हुनुपर्छ, स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटनका क्षेत्रमा विकासको मुल फुट्नुपर्छ भन्ने माग दशकौं देखिको हो । मंसिर ४ गतेपछि त्यो पुरा गर्ने अवसर प्राप्त हुन्छ ।’ चौधरीले भनिन् । नेतृ चौधरीले सुनसरी ३ लाई मात्र नभएर समग्र जिल्लाकै विकासका लागि सक्दो काम गर्ने बताइन् ।

नेतृ चौधरीले लघुवित्त कार्यक्रम मार्फत देशभरका तीनलाख बढी महिलाहरुलाई आर्थिक सशक्तीकरणको अभियानमा जोडेकी छिन् ।   नेतृ चौधरीले युवा स्वरोजगार, निर्यातमुखी कृषि, महिला सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्रका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने बाचा गरेकी छिन् ।

पछिल्लो समय युवाहरुले उठाएका एजेण्डाहरु आफुसँग रहेको तर्क गर्दै चौधरीले देश विकासको मेरुदण्डका रुपमा रहेका युवाहरुलाई अवसर दिन तिशौं वर्षदेखि राजनीतिमा लागेर पटकपटक मन्त्री उपप्रधानमन्त्री भएका अग्रजहरुले राजनीतिबाट अवकास लिनुपर्ने पनि बताइन् । नेतृत्व  समयसँगै परिवर्तन हुन अपरिहार्य रहेको उनको तर्क छ । हरेक वसन्तमा नयाँ पालुवा पलाए जस्नै राजनीतिमा पनि हरेक निर्वाचनहरुबाट नयाँ सोच र विचार भएका क्षमतावान व्यक्तिहरुले अवसर पाउनुपर्ने उनले बताइन्  ।