काठमाडौं – नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ । सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।


ADVERTISEMENT


पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।