काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा छलफलका लागि निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री देउवा आयोगको निमन्त्रणा अनुसार आइतबार अपरान्ह काठमाडौँको कान्तिपथस्थित कार्यालय पुगेका हुन् ।


ADVERTISEMENT


आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबारे दलहरुलाई छलफलका लागि बोलाएको छ । छलफलका लागि आयोगमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्णा खाँण, कानुनमन्त्री गोविन्द कोइराला लगायतपुगेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट अन्य नेताहरु रहेका छन् भने नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ लगायतका नेताहरु उपस्थित छन् ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका तर्फबाट लिलामणि पोखरेल लगायतका नेताहरु उपस्थित छन् ।

दलहरुले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाईसकेका छन् । आउँदो २३ गते प्रत्येक्ष तर्फको उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगको तयारी छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ ।