काठमाडौँ – सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।


ADVERTISEMENT


महासंघले सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भइरहरेको महासंघकाले जनाएको छ ।