काठमाडौं-इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटिले अपराजित यात्राको श्रृंखलालाई जारी राखेको छ । पछिल्लो खेलमा स्वान्सीलाई ४–० ले हराउँदै सिटिले जारी सिजनको १६ औँ जित हात पारेको हो ।  सिटिको जितमा डेभिड सिल्भाले २ तथा केभिन डि ब्रुयेन र सर्जियो अगुईरोले एक एक गोल गरे ।


ADVERTISEMENT


पहिलो हाफमा २–० को अग्रता बनाएको सिटिले दोस्रो हाफमा थप २ गोल गरेको थियो । सिटि, जारी सिजनमा अपराजित रहेको एक मात्र टोली हो । गएरातीकै अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडले वर्नमाउथलाई १–० ले हरायो । खेलको २५ औँ मिनेटमा रोमेलु लुकाकुले गरेको गोल उसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।


ADVERTISEMENT

# # #


टटनह्यामले ब्राईटन एण्ड होभ अल्बियनलाई २–० ले हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएरातीकै अन्य खेलमा लेष्टर सिटिले साउथ हेम्प्टनलाई ४–१ ले तथा एभर्टनले न्यु क्यासल युनाईटेडलाई १–० ले पराजित गर्यो । लिभरपुल वेष्टब्रोमसँग तथा आर्सनल वेष्टह्याम युनाईटेडसँग गोलरहित बराबरीमा रोकिएका छन् ।