काठमाडौं-कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन् । वारेशनामाबाट प्रमाणपत्र दिने वा नदिने बिषयमा विवाद भइरहेका बेला कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कुरियरबाट आयोगमा पठाएका हुन ।


ADVERTISEMENT


मंगलवार बिहान नतिजा सुनिए लगत्तै रेशमको वारेसनामा लगेर उनकी श्रीमती निर्वाचन अधिकृत कहाँ प्रमाणपत्र बुझन् गएकी थिइन् । निर्वाचन अधिकृतले कानुनमा स्पष्ट उल्लेख नभएकाले आयोगलाई सोधेर मात्र प्रमाण पत्र दिने बारेमा निर्णय गर्ने बताए । लिखित रुपमा पत्र पठाएर आयोगको उनले निर्देशन माग गरेका थिए ।


ADVERTISEMENT

# # #


आयोगले साँझतिर मात्र वारेशनामा दिएकोलाई प्रमाणपत्र नदिन र उक्त प्रमाणपत्र केन्द्रमा पठाउन परिपत्र पठाएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए। ‘ निर्वाचन आयोगको निर्देशन अनुसार आज (बुधवार) कुरियर मार्फत रेशम चौधरीको प्रमाणपत्र केन्द्रमा पठाएका छौं’उनले भने।

टीकापुरमा एक वालक र ८ सुरक्षाकर्मी मारिएको टीकापुर घटनाका आरोपित फरार सूचिमा रहेका रेशम चौधरीले झण्डै २१ हजार मतको फराकिलो अन्तरले चुनाव जितेका छन् । उनले ३४ हजार ३४१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सदस्य गरिमा शाहले १३ हजार ४०६ मत प्राप्त गरिन । कांग्रेसका ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरिन। फरार रहेकाले उनले प्रमाणपत्र बुझ्न आउन सकेनन्।

रेशम चौधरीको प्रमाणपत्र वारेसनामाबाट नदिएपछि यस क्षेत्रमा पक्ष र विपक्षमा व्यापक चर्चा भएको छ । डडेल्धुरामा शेरबहादुर देउवाको प्रमाण पत्र वारेसनामा मार्फत दिएको र रेशमलाई नदिएर निर्वाचन आयोगले बिभेद गरेको रेशमका समर्थकको भनाई छ । उनीहरुको जनमतको कदर गर्नुपर्ने भनाई छ । धेरैले अपराध जनमतबाट अनुमोदित नहुने भन्दै जनमतलाई आधार मानेर कानुनको धज्जी उडाउनु नहुने कुरा समाजिक सन्जालमा उठाएका छन् ।

प्रदेश नम्बर ७ का प्रहरी प्रमुख नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक माधव नेपाल रेशम चौधरीलाई भेट्टाउने बित्तिकै पक्राउ गर्ने बताएका छन्।