काठमाडौं-प्रथम ह्विलचियर क्रिकेट च्याम्पियनसिप २०१७ को उपाधि भिडन्तमा नेपाल र बंगलादेश आमने–सामने हुने भएका छन् ।


ADVERTISEMENT


शुक्रबार समूह चरणका दुवै खेलमा भारत पराजित भएपछि यी दुई टोलीले फाइनल पक्का गरेका हुन् । पहिलो खेलमा बंगलादेशले भारतलाई ६ विकेटले हरायो ।


ADVERTISEMENT

# # #


टस हारेर ब्याटिङ निम्तो पाएको भारतले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पार्‍यो । ओपनर सौरभ मलिकले ६२ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले १८ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्‍यो । मोहमद मोहासिनले अविजित ४३ रन जोडे । शुक्रबारै दोस्रो खेलमा नेपालले भारतलाई ६५ रनले पराजित गर्‍यो । भारतले टस जितेर ब्याटिङ गर्ने निम्तो दिएपछि नेपालले निर्धारित १४ ओभरमा ४ विकेट क्षतिमा १ सय ५१ रन बनायो ।

नेपालका ओपनर नवीन राईले अविजित ५० रन जोडे । भारतले पूरा ओभर खेले पनि लक्ष्य भेटेन । निर्धारित १४ ओभरमा भारतले ७ विकेट गुमाएर ८६ रनमात्र जोड्यो ।

फाइनल शनिबार हुनेछ । पहिलो खेलमा बिहीबार नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो ।