काठमाडौं-चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा प्रतिशतले बढेको छ । भन्सार विभागले चालू आवको कात्तिक मसान्तसम्म तीन खर्ब १० अर्ब रुपैयाँ व्यापार घाटा भएको जानकारी दिएको छ । निर्यातको तुलनामा आयात उच्च भएका कारण व्यापार घाटा चुलिएको हो ।


ADVERTISEMENT


यो अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब रुपैयाँको सामान आयात र २६ अर्ब ३७ करोडको सामान निर्यात गरेको छ । आयात व्यापारमार्फत सरकारले यो अवधिमा ८६ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


ADVERTISEMENT

# # #


यो अवधिमा एक सय २७ देशसँग व्यापार गरेको नेपाललाई १९ देशसँग मात्र व्यापार नाफा भएको छ । नेपालले यो अवधिमा ४५ अर्ब ५८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसका अलावा बिजुलीका सामान, गाडी, फलाम र स्टिलको कच्चा पदार्थको आयात उच्च छ ।

नेपालबाट चिया, कफी, ऊनी गलैंचालगायत सामान निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपाललले तीन खर्ब एक अर्ब रुपैयाँको सामान आयात गरेको थियो । नेपालबाट २४ अर्ब ४९ करोडको सामान निर्यात भएको थियो । आयातमा आएको वृद्धिसँगै आयातनिर्यात अनुपात पनि यस अवधिमा भारतबाट मात्रै दुई खर्ब १८ अर्ब रुपैयाँको सामान आयात भएको छ । नेपालबाट भारतमा भने १४ अर्बको समान निर्यात भएको छ । नेपाल र भारतबीचमा मात्रै दुई खर्ब चार अर्ब रुपैयाँको व्यापार घाटा भएको देखिन्छ ।

चीनसँग ४२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यो अवधिमा चीनबाट ४३ अर्ब एक करोडको सामान आयात र ६९ करोड रुपैयाँको सामान निर्यात भएको छ । गत आवमा व्यापार नाफामा रहेको अमेरिकासँग चालू आवको पहिलो चार महिनामा चार करोड ७२ लाखको व्यापार घाटा भएको छ ।