काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि सहमतिका उम्मेदवार सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै भागबण्डाका आधारमा बनेका सहमतिका (साझा) उम्मेदवार बनेकाहरुको नाम सार्वजनिक गरिएको जनाएका हुन् । साथै गठबन्धनले केही स्थानमा देखिएको विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याइने समेत जनाएको छ ।


ADVERTISEMENT

# # #


भागबण्डा नमिल्दा केही स्थानमा परेका बागी उम्मेदवारीकाबारेमा गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने समेत जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘गठबन्धनका सहमतिका उम्मेदवार सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय भएको छ । ती स्थानमा आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’

साथै गठबन्धनले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न समेत मतदातामा अपिल गरेको छ ।