काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्दतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार जेष्ट नागरिक नागरिक समाज, काठमाडौं शाखा र धर्महिरा प्रतिष्ठानले आयोजना गरेको संविधानको प्रवर्धनमा निर्वाचनको भूमिका बिषयक कार्यक्रममा भट्टराईले केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्वलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्दतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले एमालेको गठबन्धन पश्चगामी र आफुहरुको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गरे । अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत संग्रह भएको उनले बताए । भट्टराईले राजावादी कम्युनिष्ट अगाडी आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गरे ।

त्यस्तै भट्टराईले अहिले लोकतन्त्रवादी र अग्रगामी शक्तिहरु रोज्नेकी निरंकुशवादीहरुलाई रोज्ने भन्न अहिलेको मुख्य बिषय भएको बताए ।