काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गरेका छन् ।


ADVERTISEMENT


काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार रहनुभएका पोखरेलले सोमबार घर दैलो अभियानका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले एमालेले उठाएका बिषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले एमालेले उठाएका बिषयहरुलाई साकार पार्नका लागि जनताको साथ र समर्थन एमालेले पाउने जिकिर गरे । निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरु च्यातिसकेको उनको भनाई छ । पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायीत्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक बिकास र समृद्धि लगाएतका मुद्धाहरुर्लाइ स्थापित गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । यसअघि विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।