काठमाडौं-प्रदेश नं. १ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले आव्हान गरेको बन्दले जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दले धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुमका लागि सञ्चालन हुने सवारी साधन ठप्प छन् ।


ADVERTISEMENT

# # #


प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन र शिक्षण संस्था सञ्चालनमा भने अवरोध नगरिने संघर्ष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिए ।

पूर्वाधारले सम्पन्न धनकुटालाई नै राजधानी बनाउनु पर्ने माग गर्दै स्थानीयबासीले चार दिनदेखि दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित धनकुटालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने स्थानीयको मख्य माग रहेको छ ।