काठमाडौँ– ईपीएलको पहिलो खेल ललितपुर पेट्रिइट्सद्वारा काठमाडौँ किंग्स इलेभेन ७ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेवेनले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटायो।


ADVERTISEMENT

# # #


ललितपुरका भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्बाधिक नटआउट ४४ रनको पारी खेले। ४७ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २० तथा राजबिर सिंहले १४ रन जोडे।

काठमाडौंका श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले २ तथा जितेन्द्र मुखिया १ विकेट लिए।

त्यसअघि काठमाडौंले निर्धारित १८.३ ओभरको खेलमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो।

काठमाडैंका अमित श्रेष्ठले सर्बाधिक २७ रन बनाए। उनीसँगै श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले १५, सोमपाल कामीले १४, कप्तान फरवेज महारुफ र सागरकुमारले समान ७ रन जोडे।

ललितपुर प्याट्रियोट्सका सुबोधकुमार भाटीले ४ तथा ललित राजबंशीले ३ विकेट लिए। यस्तै, मेहबुब आलमले २ हात पारे।

प्रतियोगिता अन्तर्गत मंगलबार बिहान चितवन टाइगर्स र पोखरा राइनोज तथा दिउँसो विराटनगर वारियर्श तथा ललितपुरबीच खेल हुनेछ।