काठमाडौं–नेकपा माओवादी केन्द्रले सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुबै विषय एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT


बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकार निर्माणर पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् । ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’


ADVERTISEMENT

# # #


चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिएका थिए । चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी अहिले एकीकरण र सरकार निर्माणको तयारीमा रहेका छन् ।

बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै हाल देखिएको विवाद राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ ।

बैठकले सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।