श्याम ठाकुर, सिरहा– चारदिनदेखि लागेको बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण सिरहा लगायत तराईको जनजीवन प्रभावित भएको छ ।


ADVERTISEMENT


अत्याधिक जाडोका कारण सिरहा सदरमुकाम तथा मिर्चैया, गोलबजार, लहान लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल घटेको छ । मानिसहरुको चलपहल कम हुँदा पनि कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ ।


ADVERTISEMENT

# # #


चिसोले खासगरी बालबालिका र वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । चिसोकै कारण जिल्ला अस्पताल सिरहामा अहिले दैनिक ३० देखि ४० जना रुघाखोकी, ज्वरो, हाडजोर्नी, निमोनिया लगायतका बिरामी उपचारका लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमन लाल दासले बताए ।

चिसोबढेसंगै सदरमुकामको चौक चौकमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् । चिसोको समयमा अन्य वर्षहरुमा जिल्ला वन कार्यालय सिरहा वा नगरपालिकाले सिरहाको ठाउँ ठाउँमा दाउरा उपलब्ध गराए आगो बाल्ने व्यवस्था गरे तापनि यस पटक भने शुरुवात गरेको छैन ।