रामकृष्ण लामिछाने, पर्वत– कुश्मा नगरपालिकाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ वुँदे प्रतिवद्धता सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या वढाउन र अभिभावकहरुको विश्वास वढाउन नगरपालिकाको शिक्षा शाखाले प्रधानाध्यपकहरुको बैठक मार्फत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गरेको हो ।


ADVERTISEMENT

# # #


सबै विद्यालयमा गरिएका असल अभ्यासको आदान प्रदान गर्ने, नगरपालिकाभित्रका शिक्षकहरुमध्येबाट टिम सुपरभिजनका लागि नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित विषयका विषयगत समितिहरु गठन गरी प्राज्ञिक आदानप्रदान तथा शिक्षण अनुगमन गराउने, कक्षा ८ को बार्षिक परीक्षा नगरस्तरीय रुपमा सम्पन्न गर्नका लागि स्थानीय शिक्षा अधिकारी राजेन्द्र बहादुर क्षत्रीको अध्यक्षतामा ७ सदस्यीय परीक्षा समिति गठन गर्ने लगायतका निर्णय वैठकले गरेको छ ।

त्यस्तै विद्यालय तथ्यांक इ.एम.आइ.एस. अपडेट, विज्ञान प्रयोगशाला, पुस्तकालयको अवस्थामा अझ सुधार र प्रयोगमा जोड दिने, विद्यार्थी छात्रवृत्ति नयाँ भर्ना रेकर्डका आधारमा प्रदान गर्ने, विद्यार्थी अनुपस्थितिको कैफियत जनाउने, सामाजिक परीक्षण लेखा परीक्षण समयमा सम्पन्न गरी सोको विवरण र जानाकारी स्थानीय शिक्षा शाखामा जानाकारी दिने पनि वैठकले निर्णय गरेको छ ।

नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्ति अनुमती, सरुवा सहमती समेत नगरपालिका स्वयंले गर्ने जानकारी गराइएको, नगरस्तरीय आधारभूत तहका शिक्षकहरुको हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलापहरु गर्ने प्रधानाध्यापकहरुको वैठकमा निर्णय भएको छ ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीका अनुसार दोस्रो चौमासिक अनुदान मागफाराम यही पौष मसान्तभित्र स्रोतकेन्द्रमा बुझाउने, २०७४ माघमा प्रधानाध्यापकहरुको अवलोकन भ्रमण हुने, नगरपालिकाका २२ बुँदे घोषणाको मर्म अनुरुप विद्यालयका गतिविधि सञ्चालन गर्ने पनि उक्त वैठकको निर्णय रहेको छ ।