रामकृष्ण लामिछाने, पर्वत– जिल्ला प्रहरी कार्यालय पवर्तले अवैध सालको काठ बरामद गरेको छ ।


ADVERTISEMENT


पर्वतको फलेवासवाट पोखरातर्फ लैजाँदै गरेको सालको काठ प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतको गस्ती टोलीले सोमबार बेलुका ग १ त २७८५ नम्वरको ट्रयाक्टरमा घरको झ्याल–ढोकामा प्रयोग गरिने ४/५ साईजको ४८ थान र ७/३ साईजकोे १८ थान सालको काठ बरामद गरेको पर्वत प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठ सँगै ट्रयाक्टर चालक लालवहादुर कुवँर र पूर्णवहादुर कुवँरलाई नियन्त्रणमा लिएको छ । बरामद भएको भएको काठ, ट्रयाक्टर र चालकलाई कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाएपनि कार्यालयमा हिरासत कक्षको व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।