काठमाडौँ– वाम गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा मन्त्री को-को बन्छन् भन्ने चर्चा र कौतुहलता बढ्दै गइरहेको छ । यही चर्चाका बीच मन्त्रीका लागि अहिले थुप्रै अनुहार देखा पर्न थालेका छन् ।


ADVERTISEMENT


सरकार गठनको मिति नजिकिएसंगै माओवादी र एमाले शीर्ष नेताका घरमा पद पाउने आशामा नेता कार्यकर्ताको भीड बढ्दै गएको छ । संविधानले केन्द्रमा मन्त्री र राज्यन्त्री गरी २५ बन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेकाले अहिले वाम गठबन्धनमा सबैको चित्त बुझाउन अलि सकस भएको छ । तर पनि पार्टीभित्र कसलाई मन्त्री बनाउने बारेमा छलफल भइरहेको छ र त्यसको सुचि पनि बन्दैछ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार एमालेबाट मन्त्री बन्ने सूचिमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भानुभक्त ढकालको नाम अग्र स्थानमा रहेको छ । तर यो अन्तिम सूचि नभएपनि यस पटक ढकाल मन्त्री बन्ने सम्भावना एकदमै धेरै छ ।

एमालेको प्रमुख सचेतकको रुपमा समेत काम गरिसकेका ढकालले प्रतिनिधिसभाको निर्वाचनमा मोङमा कांग्रेसका डा. सुनिल कुमार शर्मालाई पराजित गरेका थिए ।