काठमाडौं– धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ।


ADVERTISEMENT


यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले ओरालो लागेको छ। आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ।


ADVERTISEMENT

# # #


आज बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बीमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरोलो लागेको छ।

विस्तारै सङ्लिन्छ बजार

शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिए। वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उनको भनाइ छ।

सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उनले टिप्पणी दिए। नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गरे।

शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन्। ‘क’वर्गका बैंक तथा वित्तीय संस्थाले आठ अर्ब रकम पुर्‍याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ। रासस