काठमाडौं-सरकारले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


असोज अन्तिम साता सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएपनि निर्वाचन पछिको राजनीतिक परिवर्तनका कारण राष्ट्रपति भण्डारीद्वारा सो माथि दलीय सहमतिको आवश्यकता औल्याउदै आएकी छिन् ।


ADVERTISEMENT

# # #


वाम गठबन्धन आवद्ध दलका शीर्ष नेताले पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन आग्रह गरेको दुई दिन पछि सरकारले आज एकल संक्रमणीय ब्यवस्थासहितको सो अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिलाई भनेको हो ।

सरकारको यो अभिव्यक्तिसँगै अध्यादेशमाथि त्रिपक्षीय भिडन्त देखिएको छ । राष्ट्रपति भण्डारीले समेत दलीय सहमति नजुटेसम्म अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरिसकेकी छन् ।

सिंहदरवारमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति कार्यालयबाट अध्यादेश स्वीकृत गरी सत्ता हस्तान्तरणको वातावरण बनाईदिन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उनले सरकारले २ महिना अघिनै राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश अहिले सम्म पास नहुनु चिन्ताको विषय भएको समेत बताएका छन् । राष्ट्रपति जस्तो गरिमामय संस्थालाई दलीय अनुकुलतामा प्रयोग गरिएको भन्दै मन्त्री बस्नेतले आपत्ति जनाएका छन् ।

सरकार एकल संक्रमणिय ब्यवस्थाको पक्षमा रहेको र सो ब्यवस्था कुनै पनि हालतमा नछोडने मन्त्री बस्नेतको जिकिर थियो । मन्त्री बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणनाबाट प्राप्त जनादेशपछि वर्तमान सरकार कामचलाउको अवस्थामा पुगेकाले दुरगामी प्रभाव पार्ने कुनै कदम नचाल्न वाम गठबन्धनको चेतावनी प्रति प्रवक्ता बस्नेतले आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री देउवाले राजीनामा नदिएसम्म बिभिन्न पद र स्थानमा नियुक्तका लागि सरकारलाई बाटो खुल्ला रहेको मन्त्री बस्नेतको भनाई थियो ।