काठमाडौं-काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आइसकेकाले आफूखुसी नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई चेतावनी दिएको छ ।


ADVERTISEMENT


जिल्ला शिक्षा कार्यालय काठमाडौंले यही पुष १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी सूचना पकाशित गरेपछि महानगरले सो चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


महानगरले जारी गरेको विज्ञप्तिमा ऐनबमोजिम कामपाभित्रका माध्यमिक तहसम्मका विद्यालयहरुसँग सम्बन्धित कुनै पनि काम महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने भएकाले अब आइन्दा अन्य निकायले गरेको काम मान्न बाध्य नहुने उल्लेख छ । आजको नेपाल समाचारपत्रबाट