काठमाडौं – नेपाली कांग्रेसले सिरहामा  कुनै पनि सिट जितेको छैन ।  नेपाली कांग्रेसको गढ मानिने गरेकाे सिरहामा यसपटक कांग्रेसले कुनै पनि सिट हासिल गर्न नसकेको हो । कांग्रेसका धेरै गतिविधि  हुने सिरहाबाट यसपटक कांग्रे निल हुन पुगेको छ ।


ADVERTISEMENT


२०७४ को चुनावमा त्यस्तो अनुकूल अवस्थामा पनि कांग्रेसले एक सिट जितेको थियो । कांग्रेस मात्र होइन, माओवादी केन्द्रले पनि कुनै सिट जित्न सकेन । सिरहा जिल्ला जसपा–एमाले गठबन्धनको कब्जामा गएको छ । दुई–दुई क्षेत्रमा तालमेल गरेका जसपा–एमाले गठबन्धनले ती सबै सिट जित्न सफल भएको छ तर पाँच दलीय गठबन्धन एक सिट पनि हात पार्न सकेन ।


ADVERTISEMENT

# # #


सिरहा जिल्लामा रहेको चारवटा चुनावी क्षेत्र छन् । चारवटामध्ये कांग्रेसले क्षेत्र नम्बर १ र २ मा आफ्नो सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको थियो । क्षेत्र नम्बर एकमा पदम नारायण चौधरी र दुई नम्बरमा चित्रलेखा यादवले उम्मेदवारी दिएका थिए । तर दुवैजना पराजित भए । पदमनारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् भने उनलाई पराजित गर्ने एमालेका रामशंकर यादवले २९ हजार ४६२ मत ल्याएका छन् । चित्रलेख यादवले २३ हजार २८ मत ल्याएकी छिन् भने उनलाई पराजित गर्ने राज किशोर यादवले २४ हजार १७८ मत ल्याएका छन् ।

त्यस्तै, माओवादी केन्द्रले सत्ता गठबन्धनबाट सिरहा क्षेत्र नम्बर ३ मा विश्वनाथ साहलाई उम्मेदवार बनाएको थियो । त्यहाँ एमाले–जसपाका साझा उम्मेदवार लिलानाथ श्रेष्ठले नेता साहलाई पराजित गरे । विश्वानाथ साहले २६ हजार ८८२ मत ल्याएर पराजित भएका छन् । चुनाव जितेका लिलानथ श्रेष्ठले २८ हजार ६४ मत ल्याएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीले धर्मनाथ साहलाई सिरहा क्षेत्र नम्बर ४ मा उम्मदवार बनाएको थियो । तर उनले १४ हजार ६५३ मत ल्याएर तेस्रो स्थानमा ल्याएर पराजित भएका छन् । । जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार डा वीरेन्द्र महतोलले २४ हजार ११२ मत ल्याएर विजय भएका छन् ।

सिरहामा कांग्रेस–माओवादी हार्नुमा एक अर्कालाई दोषी देखाई रहेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत यादव ९सिरहा० ले सत्ता गठबन्धनबाट नै माओवादीलाई अन्तर्घात भएको कारण चुनाव जित्न नसकेको आरोप लगाए । उनले भने, ‘काँग्रेसले माओवादी केन्द्रलाई मतदान नगरी अन्यत्र गरेको छ, कांग्रेसका सबै मत आएको भए यस्तो अवस्था हुने थिएन ।’

कांग्रेस जिल्ला सिरहा कमिटीका सचिव शैलेन्द्र यादवले पनि गठबन्धनमा तालमेल नमिलेका कारण कारण काँग्रेस कमजोर बनेको दावी गरे । उनले भने, सिरहा क्षेत्र नम्बर ३ ९ख० मा गठबन्धनमा तालेमेल नहुँदा त्यसको असर जिल्ला भर पर्यो ।’ गठबन्धनबाट नेकपा एकीकरण समाजवादी पार्टीबाट प्रमोद यादवले प्रदेश सभा सदस्यमा उम्मेदवार दिएका थिए तर काँग्रेसले संजय प्रकाश यादवलाई पनि उम्मेदवार बनाई दिएको थियो ।

जिल्ला सचिव शैलेन्द्र यादवले कतैकतै पार्टीमा पनि अन्तर्घात भएको देखिएको छ, पार्टीका मतहरु सिके राउत नेतृत्वको जनमतमा पनि गएको देखिन्छ यी विभिन्न कारणले पार्टी सिरहामा पराजित भएको दावी गरे ।