काठमाडौं-कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा एमाले र माओवादी केन्द्रले विधि र प्रक्रिया मिच्न नमिल्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौं– १ बाट निर्वाचित सिंहले बुधबार बिहान राजधानीमा भएको एक कार्यक्रममा प्रक्रिया पूरा हुनेवित्तिकै सरकार छाड्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘बहुमत छ भन्दैमा जे भन्यो त्यही मान्न सकिंदैन,’ उनको भनाइ थियो, ‘राष्ट्रिय सभा गठनको प्रक्रिया पूरा भएपछि एक मिनेट त के एक पल पनि सरकारमा बस्दैनौं ।’

कांग्रेसको नेतृत्वमा चुनाव भएर नयाँ जनादेश आइसकेपछि सरकारमा बसिरहनुपर्छ भन्ने पक्षमा आफूहरु नभएको सिंहको भनाइ छ । सामाजिक सञ्जालमा कांग्रेसले सत्ता छाड्न नचाहेको सन्देश प्रवाह भएकोमा दु:ख व्यक्त गर्दै नेता सिंहले भ्रम चिर्न कार्यकर्तालाई अपिल गरे ।

चुनाव जितेपछि जनताको घरमा नआएको गुनासोलाई आगामी दिनमा सुधार्दै लैजाने उनले बताए ।