काठमाडौं-न्युजिल्यान्डले बुधबार पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले लिएको २ सय ४९ रनको लक्ष्य न्युजिल्यान्डले ४६ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।


ADVERTISEMENT


ओपनर जर्ज वर्कर र कोलिन मुनरोले पहिलो विकेटका लागि १ सय ८ रनको महत्वपूर्ण साझेदारी गर्र्दैै दरिलो सुरुआत दिलाएपछि घरेलु टोलीले सहज जित हात पारेको हो । वर्करले ५७ र मुनरोले ४८ रनको योगदान दिए । ६६ बल खेलेका वर्करले र ३६ बलको सामना गरेका मुनरोले समान ८-८ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै रोस टेलरले अविजित ४९ र कप्तान केन विलियम्सनले ३८ रनको योगदान दिए । ७६ बल खेलेका टेलरले २ चोैका प्रहार गर्दा ४५ बलको सामना गरेका विलियम्सनले ५ चौका प्रहार गरे । वेस्ट इन्डिजका कप्तान जेसन होल्डर र एस्ले नर्सले समान २-२ तथा केसिक विलियम्सले १ विकेट लिए ।

यसअघि न्युजिल्यान्डका डोग ब्रेसवेलले ५५ रन खर्चंदै ४ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४८ रन मात्र जोड्यो ।

यससँगै खेलमा म्यान अफ दी म्याच घोषित भएका वे्रसवेलले राष्ट्रिय टोलीमा पुनरागमनलाई समेत सुखद बनाएका छन् । मादक पदार्थ सेवन गर्दै सवारी चलाएको घटनामा टोषी पाइएपछि ब्रेसवेलमाथि १५ महिनाको प्रतिबन्ध लगाइएको थियो ।
‘ब्रिसवेलले आफ्नो पुनरागमन सुखद पार्ने क्रममा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि हाम्रो सहज जित सम्भव भयो,’ विलियम्सनले भने, ‘आशा छ उनको यो लय निरन्तर कायम हुनेछ ।’

४० रन जोड्दा ओपनर क्रिस गेललाई गुमएको वेस्ट इन्डिजको इनिङ त्यस लगत्तै साई होपलाई गुमाएपछि दबाबमा आएको थियो । गेलले २२ रन मात्र जोड्दा होपले खाता समेत खोल्न पाएनन् । अर्का ओपनर इभिन लुइसले तेस्रो विकेटका लागि सिमरोन हेटमेयरसँग ६२ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकास्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन । १ सय बल खेलेका लुइसले ७ चोैका र १ छक्काको मद्दतमा ७६ र ४२ बलको सामना गरेका हेटमेयरले ४ चौकाको मद्दतमा २९ रनको योगदान दिए ।

त्यस्तै बल बलमा २ चौका र ४ छक्का प्रहार गरेका रोभ्मान पावेलले ५९ रनको योगदान दिए । न्युजिल्यान्डका ब्रेसवेलले ४ तथा तोड् एस्टलीले ३ र लोक्की फर्गुसनले २ विकेट लिए । यस जितसँगै न्युजिल्यान्डले तीन एकदिवसीय शृंखलामा १–० को अग्रता लिएको छ ।

‘हाम्रो ब्याटिङ स्तर निकै कमजोर रह्यो,’ सन् १९९५ पछि न्युजिल्यान्डमा पहिलो एकदिवसीय शृंखला जित्ने लक्ष्मा भएको वेस्ट इन्डिजका होल्डरले भने, ‘शृंखलामा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न योभन्दा माथिल्लो स्तरको प्रदर्शन गर्न आवश्यक छ ।’