काठमाडौं-राष्ट्रियसभाको चुनाव प्रणालीलाई लिएर ठूला दलबीच दूरी बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको अग्रसरता लिएकी छन् ।


ADVERTISEMENT


एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार बिहान शीतल निवासमा भेट्दै भण्डारीले चुनाव प्रणालीसँग सम्बन्धित अध्यादेशका कारण राष्ट्रपति कार्यालयलाई विवादमा नतान्न, आपसी सहमति खोज्न आग्रह गरेकी छन् । भण्डारीले यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई यसैगरी भेटेर गतिरोध अन्त्यको अग्रसरता लिन आग्रह गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


  • राष्ट्रपतिको आग्रह
    राष्ट्रिय सभाको चुनाव बहुमतीय कि एकल संक्रमणीय प्रणालीबाट गराउने भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद चुलिँदै गएपछि भण्डारीको अग्रसरता बढेको हो । ओली, दाहालसहित नेताहरू सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठसँग भण्डारीले भनिन्, ‘राष्ट्रियसभाको निर्वाचन बहुमतीय वा एकल संक्रमणीय प्रणालीबाट भन्ने विषय तपाईंहरूबाटै टुंगोमा पुग्नुपर्छ ।  कांग्रेस, एमाले र माओवादीबीचको सहमतिबाट यो मुलुकका अपरिकल्पनीय विवाद र मुद्दाहरूको सम्बोधन भइसकेको अवस्थामा राष्ट्रियसभाको विषयमा विवाद उत्पन्न गर्नुको कुनै अर्थ रहँदैन, नगर्न म आग्रह गर्दछु ।
  • ओलीले के भने ?
    राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट गर्ने प्रावधानमा तीन दलका प्रतिनिधिबीच सहमति भइसकेको धारणा ओली र दाहालले राष्ट्रपतिसमक्ष राखेका थिए । ओलीले सत्ता हस्तान्तरण नगर्न सरकार र कांग्रेसले अनेक बहाना झिकिरहेको भन्दै नयाँ जनादेशअनुसार मात्र अघि बढ्नुपर्ने भनाइ राख्दै कांग्रेसले यस अगावै पहिलो र दोस्रो संविधानसभामा पनि अनेक खालका बखेडा झिकेको धारणा राष्ट्रपतिसमक्ष व्यक्त गरेको स्रोतले बताएको छ। सरकारले ताजा जनादेशको सम्मान गर्दै मार्गप्रशस्त गर्नुपर्ने बेलामा संविधान र लोकतान्त्रिक मान्यताविपरीत विभिन्न सर्त राख्ने क्रममा राष्ट्रिय सभालाई सर्त बनाएकोमा आश्चर्य प्रकट गरेका थिए । आजको अन्नपूर्ण पोस्टबाट