काठमाडौं-ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ ।


ADVERTISEMENT


सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन् ।


ADVERTISEMENT

# # #


आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो ।

ग्रीनले आफूले गल्ति नगरेको बताएका छन् ।  उनी प्रधानमन्त्री मेका लागि एकदमै महत्वपूर्ण साझेदार थिए ।